• Punjibad
  • सुनचाँदीको मूल्य घट्यो


    काठमाडौं, १६ साउन 

    नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    आइतबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


    क्याटेगोरी : CommodityMarket

    प्रतिक्रिया दिनुहोस