• Punjibad
  • नेपालको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब अर्ब


    काठमाडाैं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिसम्म नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब बराबर देखिएको छ ।

    गत आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो सँगै कुल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । २०८१ असारसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ थियो । 

    २०८१ असारदेखि गत असारसम्म नेपाली मुद्रा कमजोर भएकै कारण तिर्न बाँकी सार्वजनिक ऋणमा थप ६६ अर्ब ९३ करोड अतिरिक्त भार थपिएको प्रतिवेदनमा उल्लेख छ । २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.९७ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको

    सोही अवधिमा गत वर्षको जेठसम्म नेपाली रुपैयाँ १.६६ प्रतिशतले अवमूल्यन भएको थियो । २०८२ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १ सय ३७.४४ पुगेको छ । २०८१ जेठ मसान्तमा उक्त विनिमय दर १ सय ३३.३६ रहेको थियो ।

    विदेशी मुद्रासँग नेरुको विनिमय दरमा भएको परिवर्तनका कारण बाह्य ऋणको परिमाणमा फरक पर्ने गरेको छ । डलरको विनिमय दर घट्दा नेपाललाई लाभ हुन्छ भने बढ्दा हानि । २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा प्रायः विदेशी मुद्रासँग नेरु अवमूल्यन भएका कारण ५९ अर्ब १६ करोड रुपैयाँ बराबरको विदेशी विनिमय नोक्सानी भएको थियो । विनियम दर परिवर्तनका कारण पछिल्ला ७ आर्थिक वर्षमध्ये ४ वटामा घाटा रहेको छ भने बाँकी वर्षमा नाफामा छ ।

    यसैगरी गत असारसम्मको कुल तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.७१ प्रतिशत हो । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीडीपी ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । कुल सार्वजनिक ऋणमा असार मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५२.४९ र आन्तरिक ऋण ४७.५१ प्रतिशत छ ।


    क्याटेगोरी : Breaking News

    प्रतिक्रिया दिनुहोस


    थप समाचार