११ महिनामा विकास खर्च ३६ प्रतिशित मात्रै
सरकारले चालू आर्थिक वर्षको ११ महिनामा ३६.४९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। कुल ३ खर्ब ७८ अर्ब ९ करोड बजेटमध्ये १ खर्ब ३७ अर्ब ९६ करोड मात्रै खर्च भएको हो। त्यसैले असार मसान्तसम्म लक्ष्य अनुसार पुँजीगत खर्च नहुने अर्थविद् बताउँछन्।
सरकारको खर्च गर्ने क्षमताले निराशा जगाएको अर्थविद् ज्ञानेन्द्र अधिकारी बताउँछन्। ‘विकास बजेट समयमा खर्च नहुनु हाम्रो विडम्बना हो,’ उनले भने, ‘यस्तो तालले विकासमा फड्को मार्न सकिँदैन।’
उसो त विकास बजेट खर्च गर्न नसक्नु नेपालको पुरानै रोग हो । मुलुक संघीयतामा गइसकेपछि यसमा सुधार हुने अपेक्षा थियो । तर, हुन सकेको छैन । सरकारले वैशाखसम्म ३१.२८, चैतसम्म २७.४५, फागुनसम्म २०.७३, माघसम्म १६.५२, पुससम्म १३.४४ प्रतिशत खर्च गरेको थियो। यस्तै मंसिरसम्म ७.६७, कात्तिकसम्म ५.५७, असोजसम्म ३.९४, भदौसम्म ०.६९ र साउनमा ०.२३ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
क्याटेगोरी : Budget, FederalBudget, News






















प्रतिक्रिया दिनुहोस