• Punjibad
  • तरकारीको भाउ छाेइनसक्नु, मंहगीले उपभोक्ताको ढाड सेक्यो


    काठमाण्डाैँ, साउन १ गते ।

    तरकारीको बजार भाउ छोइ नसक्नु भएको छ । गत  आर्थिक वर्षको सुरुवात भन्दा यस वर्ष तरकारीको भाउ दुइ गुणा सम्मले वृद्धि भएको हो । गत वर्ष  १ सय २५ रूपैँया प्रति केजी कारोबार भएको कागतीको मूल्य यस वर्ष २ सय ७५   रुपैयाँ पुगेको छ । यसै गरी गत वर्ष २ सय ९० रुपैयाँमा  कारोबार भएको अनारको मूल्य यस आर्थिक वर्षको सुरुमा भने ३ सय ९० रुपैयाँमा कारोबार भएको छ । आँपको मूल्य पनि ह्वात्तै बढेको छ । गत वर्ष ७५ रुपैयाँमा कारोबार भएको आँपको मूल्य यस आर्थिक वर्षको सुरुमा १ सय ७० रुपैयाँ प्रति केजी पुगेको छ ।  यस्तै गरी ४५ रुपैयाँ प्रतिकेजी कारोबार भएको काउलीको मूल्य अहिले ९५ रुपैयाँ पुगेको छ । केराको मूल्य पनि ५५ रुपैयाँले वृद्धि भएको छ । गत आर्थिक वर्षको सुरुमा १०५ रुपैयाँमा कारोबार भएको केराको मूल्य रुपैयाँ १५५ पुगेको छ ।

    तरकारीको भाउ बढे संगै प्रत्येक भान्साले खर्च थेग्न नसक्ने अवस्थामा पुगेकोछ।  उत्पादनमा जोड नदिनु र आयातमुखी बजारको कारण तरकारीको भाउले आकाश छोएको हो । यसरी बढेको मुल्य बृद्धिको कारण उपभोक्ताको ढाड भने नराम्रो संग सेकिएको छ । 


    क्याटेगोरी : Breaking News, CommodityMarket

    प्रतिक्रिया दिनुहोस