• Punjibad
  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि,पेट्रोलमा २१ र मट्टितेल २७ रूपैयाँले बढ्याे


    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

    निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।

    आजराति १२ बजेदेखि पेट्रोलियम पदार्थमा नयाँ मूल्य लागु हुने निगमले जनाएको छ ।

    नयाँ मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ ।

    निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने यसपटक बढाइएको छैन ।

    यस्तै निगमले हवाई इन्धनमा आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्य तर्फ १०० अमेरिकी डलरले वृद्धि गरेको छ ।


    क्याटेगोरी : News, CommodityMarket

    प्रतिक्रिया दिनुहोस