डलरको भाउ ७ प्रतिशतले बढ्यो
यस आर्थिक वर्ष अमेरिकी डलरको भाउ ७ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ । गत आर्थिक वर्षको सुरुमा १ अमेरिकी डलरको भाउ १ सय १९ रुपैयाँ भएकोमा यस वर्ष वृद्धि भई १ सय २७ रुपैयाँ ५१ पैसा पुगेको हो । यसरी अघिल्लो साल भन्दा ७.१५ प्रतिशतले नेपाली मुद्राको अवमूल्यन भएको हो । यसै गरी कुवेती दीनार र बहराइन दीनार पनि क्रमशः १८ रुपैयाँ १९ पैसा र २२ रुपैयाँ ६ पैसाले बढेको हो ।
तर पाउन्ड भने गत वर्षको तुलनामा १३ रुपैयाँ ८६ पैसाले घटेको छ ।यसै गरी युरो र जापानीपनको भाउ पनि घटेको छ । गत साल १ युरो को नेपाली १ सय ४० रुपैयाँ ६६ पैसा रहेकोमा यस वर्षको सुरुवातमा उक्त मूल्यको अवमूल्यन भई १ सय २८ रुपैयाँ १९ पैसामा झरेको हो । यस्तै जापानीयन १० को मूल्य १० रुपैयाँ ८१ पैसा रहेकोमा सो मूल्य घटेर ९ रुपैयाँ ६२ पैसामा झरेको हो । यस्तै अन्य देशको मुद्राको विनिमय दर भने यस्तो छ ।
Fixed By Nepal Rastra Bank
Currency | Unit | Buy | Sell |
---|---|---|---|
INR (Indian Rupee) | 100 | 160.00 | 160.15 |
क्याटेगोरी : Breaking News, CommodityMarket
प्रतिक्रिया दिनुहोस