• Punjibad
  • दसैंमा ४ सय क्वीन्टल चामल हेलिकोप्टरबाट टिंकर र छाङरु पठाउँदै


    काठमाडौं, ९ असोज
    दसैंका लागि दार्चुलामा ४ सय क्वीन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत् ढुवानी गरिने भएको छ ।

    टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ ।

    कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिंकर र छाङरुसम्म हेलिकप्टबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ । 

    स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले  १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । र, दसैैं अघि नै खाद्यान्न ढुवानी गरिनेछ ।


    क्याटेगोरी : Breaking News, Trade

    प्रतिक्रिया दिनुहोस


    थप समाचार