• Punjibad
  • तीन महिनामा ८६ अर्बभन्दा बढी अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त


    न्युज कारखाना
    काठमाडौं, २७ कात्तिक 

    चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना नेपालले ८६ अर्ब ४१ करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । 

    २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको हो । 

    अर्थ मन्त्रालयका अनुसार सो अवधिमा अनुदान तर्फ ६ अर्ब ७१ करोड रुपैयाँ र ऋण सहायता तर्फ ७९ अर्ब ७० करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको छ । 

    शिक्षा, खानेपानी तथा सरसफाई, वातावरण, सडक, सूचना सञ्चार प्रविधि, सिँचाई, उर्जा, रोजगारी लगायतका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थले जनाएको छ । 

    पछिल्लो तीन महिनामा नेपाललाई आर्थिक सहायता दिने प्रतिबद्धता गर्नेमा जापान (जाइका), इरोपेली युनियन, स्वीट्जरल्याण्ड, विश्व बैंक र दक्षिण कोरिया (कोइका) रहेका छन् । 


    क्याटेगोरी : Breaking News, Economy

    प्रतिक्रिया दिनुहोस