• Punjibad
  • सुनको मूल्य बढ्याे


    नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : CommodityMarket

    प्रतिक्रिया दिनुहोस