• Punjibad
  • सुनको भाउ तीन सयले वृद्धि


    काठमाडौं, १९ असार

    साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो ।


    क्याटेगोरी : CommodityMarket

    प्रतिक्रिया दिनुहोस