• Punjibad
  • नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि, एक वर्षमा दुई खर्बभन्दा बढीको वस्तु निर्यात 


    काठमाडौं, ९ साउन 

    गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि भएको छ । 

    भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । 

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ । 

    कोरोना महामारी नियन्त्रण गर्न विभिन्न देशले गरेको लकडाउन खुकुलो भएसँगै नेपालको निर्यात व्यापार वृद्धि भएको हो । 


    क्याटेगोरी : Breaking News, Trade

    प्रतिक्रिया दिनुहोस


    थप समाचार