• Punjibad
  • तीन महिनामा ५८ करोडको टेलिभिजन सेट र पौने ३० करोडको क्यामरा नेपाल भित्रिए


    न्युज कारखाना
    काठमाडौं, २७ कात्तिक 

    चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा ५८ करोड रुपैयाँभन्दा बढीको टेलिभिजन सेट भित्रिएको छ । 

    सोही अवधिमा पौने ३० करोड रुपैयाँको विभिन्न प्रकारका क्यामरा पनि नेपाल भित्रिएको छ । 

    २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको टेलिभिजन सेट र क्यामरना नेपाल भित्रिएका हुन् । 

    भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा ५८ करोड ३ लाख ४३ हजार रुपैयाँको ३३ हजार ८२२ वटा टेलिभिजन सेट नेपालले आयात गरेको छ । 

    सोही समयमा २९ करोड ७९  लाख ८७ हजार रुपैयाँको ८९ हजार २११ वटा विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ । 

    गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ८९ करोड ९ लाख ३२ हजार रुपैयाँको १ लाख ९३ हजार ५८ वटा टेलिभिजन सेट र ४७ करोड २८ लाख १५ हजार रुपैयाँको ७८ हजार ४९९ वटा विभिन्न प्रकारका क्यामरा आयात गरेको थियो । 


    क्याटेगोरी : Breaking News, Trade

    प्रतिक्रिया दिनुहोस


    थप समाचार