चर्चित कोरियाली ब्याण्ड ‘बिटिएस’का सदस्यहरुले अब अलग अलग काम गर्ने
दक्षिण कोरियाको चर्चित बोय ब्याण्ड बीटिएसले सामूहिक प्रोजेक्टबाट ‘ब्रेक’ लिने घोषणा गरेको छ । समूहको वार्षिकोत्सव मनाउन आयोजना गरेको एक डिनर समारोहमा सदस्यहरुले आगामी दिनमा अलग अलग प्रोजेक्ट गर्ने बताए । ब्याण्डका सदस्य जिमिनले समूह अहिले ‘जटिल परिस्थिति’बाट गुज्रिरहेको बताउदै भने ,‘ हामीहरु अहिले आफ्नो पहिचान खोज्ने प्रयासमा छौं जुन कठिन र लामो प्रक्रिया हुनेछ ।
’ समूहले वर्षेनी तिनको वार्षिकोत्सवलाई फियस्टा डिनर आयोजना गरेर मनाउने गर्छ । टेलिभिजनमा प्रशारण गरिएको डिनरमा यस पटक सदस्यहरुले आफ्नो भविष्यबारे छलफल गरे । एक घण्टा लामो सो सम्वाद तिनको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । बिटिएस व्याण्ड आरएम, जुङकूक, जिन, जिमिन, सुगा, जे–होप र भी गरी सात सदस्य मिलेर बनेको छ । डिनर सम्वादमा समूहका एक सदस्य आरएमले बिटिएसमा रहेर सबैले ठूलो उपलब्धी हासिल गरेको स्वीकार्दै अहिले हरेक सदस्यलाई हुर्किने र परिपक्व हुने समय आएको बताए ।
क्याटेगोरी : Entertainment
प्रतिक्रिया दिनुहोस