• Punjibad
  • तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हाे


    योग पूर्वीय दर्शनको साधना पद्धतिको रूपमा चिनिन्छ । सरल भाषामा योगलाई जोड्नु भन्ने अर्थमा बुझिन्छ । अर्थात् मानव भित्र रहेका सकारात्मक र नकारात्मक ऊर्जाको भेद छुट्ट्याई सकारात्मक ऊर्जा जागृत गराउन गरिने अभ्यास योग हो । प्रकृतिको मानव सँग जोडिने प्रक्रियाको रूपमा यसलाई लिन सकिन्छ ।

    मानव भित्र रहेका सकारात्मक र नकारात्मक ऊर्जाको भेद छुट्ट्याई सकारात्मक ऊर्जा जागृत गराउन गरिने अभ्यास योग हो ।

    पछिल्लो दशकमा नेपालमा योग विज्ञानको महत्वलाई मानव भित्र शिथिल र सुषुप्त अवस्थामा रहेको सकारात्मक ऊर्जालाई उजागर गरी मानवको भलाई तथा विकास लगाउने एक विज्ञानको रूपमा लिन थालिएको छ । चिकित्सा शास्त्रले पनि यसलाई विज्ञानको रूपमा स्वीकार गरिसकेको छ । नेपालमा योग विज्ञान सुरुवात, यसको आवश्यकता बुझाउन तथा विकासमा महत्वपूर्ण योगदान पतञ्जली योग पीठको पनि रहेको छ । योग विज्ञानको आवश्यकता यसको महत्व तथा यसले मानव जीवनमा पार्ने असरका बारेमा आज हामीले पतञ्जलि योग पीठ नेपालका संस्थापक सालिक राम सिंहसँग विशेष कुराकानी गरेका छौँ । यहाँ प्रस्तुत छ सिंहसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको आलेख ।

    गलत अर्थमा बुझिएको छ तनावको परिभाषा

    आज हरेक मानवले आफुलाई कुनै न कुनै किसिमको तनावबाट गुज्रीरहेको बताउने गरेका छन् । तर वास्तवमा तनावको परिभाषालाई हामी गलत अर्थमा लिईरहेका छौँ । संसारमा तनाव भन्ने चिज कृतिम हो जो मानवले बनाएको हो । तनाव भनेको दुनियाँमा छँदै छैन । जुन चीजलाई हामी तनावको रूपमा लिन्छौँ, त्यो भनेको हाम्रो गलत अनुभुति मात्र हो । आज हामी यस्तो भैसक्यौं कि कुनै पनि समयमा हामीले एक आपसमा गरिने अन्तरक्रियामा नकारात्मक कुरालाई मात्रै अनुभूति गर्ने र त्यही कुरामा अल्झेर समय व्यतित गर्दै छौं । यही हो तनाव भनेको जसको कुनै अर्र्थ छैन । जसले नकारात्मक ऊर्जा सृजना गर्यो उ त आनन्दका साथ आफ्नो कार्य गरिरहेको हुन्छ तर हामी त्यही कुरालाई शीरमा राखेर चिन्तित हुन्छौं । हामी आज यस्तो भयौं की अरूले गरेको वा भनेको कुरामा हामी भित्रभित्रै जलिरहेका छौं । रिसाई राखेका छौं, इश्र्या गरीराखेका छौं । अरूले गर्ने व्यवहारले हामी आफ्नो शरीरलाई, स्वास्थ्यलाई, दिमाग लाई किन बोझ दिने ? किन हामी त्यसमै बाँची राखेका छौं । मानवले हरेक दिन रेडियो, पत्रिका र टेलिभिजनबाट समाचार हेर्छन् देश र दुनियाँका बारेमा जानकार हुन्छन् तर त्यसमा के हुन्छ त नकारात्मक कुराहरू मात्रै हाम्रो दिमागमा रहने गर्दछ । यस कारणले गर्दा हामी स्वास्थ्य हुनु पर्छ र निरोगी हुन पर्छ त्यस पछि हामी गलत सोच कम गर्न थाल्ने छौं ।

    हामीले एक आपसमा गरिने अन्तरक्रियामा नकारात्मक कुरालाई मात्रै अनुभूति गर्ने र त्यही कुरामा अल्झेर समय व्यतित गर्दै छौं । यही हो तनाव भनेको जसको कुनै अर्र्थ छैन ।

    मानिस आज तीन वटा कुराबाट प्रभावित छ रेडियो, टेलिभिजन र पत्रिकामा आउने नकारात्मक कुराहरुबाट । यी माध्यमले मानवभित्र नकारात्मकता भरिरहेको हुन्छन् । मानिसको टाउको वाईफाईको एन्टेना जस्तै हो । यदि एन्टेना बिग्रियो भने जसरी कुनै उपकरण चल्दैन यसै गरी हाम्रो शरीरको एन्टेना भनेको हाम्रो टाउको हो । यस कारण टाउको खराब भयो भने हाम्रो गतिविधि गडबड हुन्छ । यसलाई हामी ठिक ठाउँमा राख्नु जरुरी हुन्छ । ठीक ठाउँमा राख्ने एउटा अचुक उपाय योग हो । त्यहि योगको विकासका लागि र मानिसहरूमा योगप्रति सचेतना फैलाउन पतञ्जलीको सुरुवात भएको हो ।

    यसरी भयो पतञ्जलिको सुरुवात

    करीब तीस वर्ष अघिको कुरा हो । जब काठमाडौँमा म आए मैले एउटा किताब पढें । लेखकको नाम थियो फुलगेन्धा सीँ, उनी भारतको सितामणि जिल्लाको डाक्टर थिए । उनले एउटा योगमा किताब निकालेका थिए । जब मैले त्यो किताब पाए त्यस पछि मलाई कौतुहला भयो किताबमा लेखिए जस्तो गरांैं न त । किताबमा योगको उपयोगिता बारे लेखिएको थियो, योग गर्दा धरै दिन सम्म बाच्न सकिन्छ, दुःख पीडा केही हुँदैन, तनाव हुँदैन । म बिहान बिहान म सिफलबाट एउटा तौलिया लिएर एअरपोर्टमा जाने र त्यही रुमाल ओच्छ्याएर त्यही किताब हेरी हेरी योग गर्न थाले । त्यसपछि १० कक्षा पास गरियो त्यस पछि म प्लस टु पढ्न बाहिर गएँ ।

    बाहिर बाट फर्केर आए पछि विश्वस्वरुपा मन्दिरमा बिहान बिहान मर्निङ्ग वाक सँगै एक घण्टा योग गर्ने गर्दथेँ । त्यस पछि एक दिन एक जना साथीले आस्था च्यानल हेर्नुहोस् त्यहाँ रामदेवको योग आउँछ, भनेर बताए । उसले भन्यो रामदेव धेरै विख्यात छन् अहिलेका हट केक, उनी योग गर्न सिकाउँछन्, धेरै मानिस उनको योग अनुसरण गर्छन् ।

    त्यति बेला सम्म मलाई स्वामी राम देव र आचार्य वालकृष्णको बारेमा थाहै थिएन । त्यस पछि मलाई लाग्यो स्वामी जी लाई नेपाल ल्याउनु पर्छ । म ईन्जीनियरिङ्ग गरेको मान्छे, राजनीति गरेको मान्छे, रामदेवलाई भेट्ने लालसाले म हरिद्वार गएँ । त्यहाँ एक आश्रम छ दिव्य प्रेम मिसन ट्रस्ट, म त्यही पुगेँ । त्यहाँ कुष्ठ रोगीको हेरचाह र बालबालिकालाई शिक्षा दिलाउने गरिन्थ्यो । त्यहाँ मेरो आशिष भाईसँग भेट भयो । उनी त्यहाँका चीफ थिए, मैले आशिषलाई आफु स्वामी जी र आचार्य जीलाई भेट्न आएको कुरा गरे र भेटाइ दिन आग्रह गरे । त्यति बेला सम्म मलाई आर्चाय जी नेपालको हुनुहुन्छ भन्ने थाहा थिएन ।

    बल्ल बल्ल भेट पाएँ भने कि तपाइहरू नेपाल हिँड्नुहोस् । पचास पटक सोध्नु भो मलाई तिमी यहाँ के गर्न आएको भन त मैले भने तपाइहरू नेपाल लिएर जान । त्यसपछि उहाँहरुले मलाई सिडी अनि केही किताब दिनु भो र भन्नु भो अहिले जाऊ हामी आउँछौं ।

     

    १० महिना पछि आउन उहाँहरु तयार हुनु भयो । तर त्यसैबेला राजाको शाहीकाल सुरु भयो । सुरक्षाको दृष्टिकोणले राम्रो भएन । हरेक दुई महिनामा म उहाँहरुलाई लिन भनेर हरिद्वार जान्थेँ । मलातार आएको देखेपछि स्वामीजीले भन्नु भयो, नेपाल सरकारको तर्फबाट सुरक्षाको ग्यारेन्टी बनाएर ल्याउ अनि जान्छ । म तुरुन्तै फर्र्किए अनि यहाँबाट चिठ्ठी बनाएर लिएर गएँ । चिठ्ठी देखेपछि पनि उहाँले पत्याउनु भएन । यस्तो कुर्ता लगाएको चप्पल लगाएको मानिसले कसरी सरकारी चिठ्ठी ल्यायो भन्ने लाग्यो होला उहाँलाई । पछि उहाँले आफ्नो तरिकाले बुझ्नु भो अनि विश्वस्त भए पछि आउन तयार हुनु भयो ।

    त्यत्तिखेर म ईन्जीनियरिङ्ग गरेको मान्छे कहाँ स्वामीको पछाडि लागेर योगको कुरा गर्छ भनेर मलाई पागल भन्थे ।

    योगको कुरा गर्दा पागल भने

    पाँच वर्ष अघि सम्म पनि मान्छेले कपाल भाँती, अुनुलोम विलोमले केही हुन्छ भनेर विश्वास नै गर्दैनथे । योगले तनाव कम हुन्छ भन्दा त झन् पत्याउँदै पत्याउँदैन थिए । स्वामी रामदेव जी र आचार्य बालकृष्णलाई नेपाल ल्याउने अभियान सफल भएपछि १३ वर्ष अघि बाट सुरु भयो पतञ्जलि योग पीठ ।

    त्यत्तिखेर म ईन्जीनियरिङ्ग गरेको मान्छे कहाँ स्वामीको पछाडि लागेर योगको कुरा गर्छ भनेर मलाई पागल भन्थे । अनु लोम बिलोम गरेर पनि कसरी स्वास्थ्य ठिक हुन्छ, पागल भन्थे । तर, आज आएर यो सबैले मान्न थाले । चिकित्सकले पनि योगले मानसिक स्वास्थ्य ठिक हुन्छ, आत्मबल बढ्छ, हेमो ग्लोविन बढ्छ भन्न थालिसकेका छन् ।

    योगले डाईविटिज ब्लड प्रेसर हुँदैन स्वास्थ्य निरोगी हुन्छ । आज आएर पचासौँ संस्था आई सके योगको क्षेत्रमा । योग अहिले बिजनेसको रूपमा स्थापना भइसक्यो ।

    निरोगी रहन दैनिक डेढ घण्टा योग

    यदी दिनमा डेढ घण्टा योगलाई दिने हो भने निरोगी हुन सकिन्छ । एक जना परिवारमा बिरामी भए भने सबै परिवार तनावमा रहन्छन् । केही काम गरौला भनेर बल्ल बल्ल जोगाएर राखेको पैसा अकस्मात खर्च हुन्छ । जसले गर्दा अनावश्यक तनाव बढ्छ । एक त विरामीको तनाव अर्को सोचेको काम पैसा नभएर पुरा हुन नसक्ने तानाव ।यस कारण हामी परिवारमा तनाव कम गर्ने हो, आर्थिक बचत गर्ने हो भने स्वास्थ्य हुनु पर्छ । यसको लागि २४ घण्टामा कसमे कम डेढ घण्टा योगलाई दिनुपर्र्छ । यस बाट आफू पनि स्वास्थ्य परिवार पनि खुसी ।

    मान्छेको शरीर भनेको एक मेसिन हो । मान्छेको इन्जिन पेट हो । जसरी गाडीका इन्जिन खराब भयो भने राम्रो काम गर्न सक्दैन, यसै गरी मान्छेको पेट गडबड भएमा केही गर्न सक्दैन ।

    हामीले चुरोट खायो, रक्सी खायो भने परिवारमा छोराछोरीले पनि त्यतैतिर मन लगाउँछन् । यदी हामीले योग गर्ने हो भने हाम्रो मन त्यतातिर जाँदैन । योग भनेको एउटा रामवाण हो जुन पतञ्जलिले ल्याएको छ ।

    मान्छेको शरीर भनेको एक मेसिन हो । मान्छेको इन्जिन पेट हो । जसरी गाडीका इन्जिन खराब भयो भने राम्रो काम गर्न सक्दैन, यसै गरी मान्छेको पेट गडबड भएमा केही गर्न सक्दैन । यस कारण पेटमा जाम हटाउनु पर्छ । हामी आठ बजे सुत्ने बाह्र बजे उठ्ने गरेर वा दिन भरी खाई राखेर केही हुँदैन् । पेट सफा गर्न भोकै बसीरहनु पर्दैन । हामी खाना खाई खाई पनि पेट सफा राख्न सक्छौ । त्यसको उपाय नेचुरोपेथी (प्राकृतिक उपचार) मा छ । योग त्यही हो । योगले आज समाजमा धेरै प्रभाव पारेको छ । योगले समाजमा शान्ति ल्याएको छ । आर्थिक बचत गरेको छ । आर्थिक वचतले विकास पनि हुन्छ ।

    देखावटीमा लाग्नु हाम्रो संस्कृति भएको छ । पश्चिमा संस्कृतिको कारण हामी गलत बाटोमा हिँडिरहेका छौं । ढिला सुत्ने ढिला उठ्ने चलन गर्न थालेका छौ । यसले हामीलाई अस्वस्थ बनाई रहेको छ । विदेशतिर पनि भन्ने चलन छ, बिहान धनी जसरी खाऊ, लन्च त्यो भन्दा कम खाऊ, डिनर झन् कम खाऊ । किन भने सूर्यको तातोले पचाउन मद्दत गर्दछ । बिहान साढे आठ बजे सम्म खाना खाई हाल्नु पर्छ । त्यस पछि खाएमा राम्रो सँग पच्दैन । त्यस पछि भित्रको इन्जिन खराब हुन्छ । खराब इन्जिन ठिक गर्न योग अचुक उपाय हो ।

    दूधबाट घिउ कसरी बन्छ आजका पुस्ताका कतिपय लाई थाहा छैन । दूधमा पानी पनि हुन्छ, कसरी आयो यो त ? धेरैलाई थाह नै हुँदैन । अहिलेका बच्चालाई दुध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्छ, उसलाई थाह नै छैन गाई भैंसीका बारेमा ।

    जस्तो कर्म त्यस्तै प्रतिफल

    अध्यात्मले के भन्छ भने तिमीले जस्तो कर्म गछौँ त्यसको परिणाम यसै युगमा पाईन्छ, नभए अर्को युगमा त पाईन्छ–पाईन्छ । हामीले किन धनीको घरमा जन्म लिएनौँ । टाटा, विरला वा अम्वानीको घरमा किन जन्मेनौं । चौधरीको सन्तान किन भएनौ । यस्तो सोच्न थाल्यौ भने हामी दुःखी मात्र हुन्छौं । हामीलै बुभ्mनु पर्छ, यो समय त वितेर जान्छ । जाडो पछि गर्मी आउँछ , सुख्खा छ भने पानी पर्छ, र पानी परेको छ भने सुख्खा भएर आउँछ । हामीले प्रकृतिलाई जे दिन्छौं, त्यसको दश गुना बढी पाउँछौ । जस्तो धान रोप्यौ भने विउ जति रोपियो, त्यसको दश गुणा बढी फल्छ । यसै गरी नकारात्मक कुरा रोप्यौ भने त्यसको दश गुणा बढी नकारात्मक कुरा आउँछ ।

    यस कारण आज हामीले जे गछौं त्यही प्रतिफल फर्केर आउँछ । हामीलाई अरूले गरेको गाली मन नपर्ने अनि अरूलाई किन गाली गर्ने ? यस कारण माया गरौं, माया पाउँ । विश्वास गरौं, विश्वास पाउँ ।

    यो संस्कार कसैले दिन्छ भने त्यो योग हो । योगले तन र मन दुवैलाई ठिक गर्छ । आजको भौतिक युगमा योग धरै आवश्यक छ । विश्व योग दिवसलाई घोषणा भएको तीन महिना भित्र संसारको १ सय ९६ राष्ट्रले हस्ताक्षर गरेको त्यसै कारण हो ।

    पढाई ईन्जीनियरिङ्ग कर्म योग

    मेरो बुबा सरकारी कार्यालयमा महा निर्देशक हुनुहुन्थ्यो । पदमा हुन्जेल टोयोटा चढ्नु हुन्थ्यो जब रिटायर हुनु भो साइकल चढेर हिँड्नु भो । जनकपुर जाँदा लोकल बसमा चढेर जानु भो यस कारण जागिर मलाई मन परेन । ईन्जीनियरिङ्ग गरेको मान्छे योग तिर लाग्दा मलाई पागल भन्थे, घरमा झगडा भो तर मलाई केही न केही गरेर मर्नु छ भन्ने लागि रह्यो ।

    मेरो भगवान् प्रतिको आस्था ले मलाई भगवानलाई चिन्ने दृष्टि प्राप्त भयो । त्यसैले म लागे योगमा र आध्यत्म तिर । आज मसँग पाँचवटा गाडी छन् । बाबुको भन्दा सय गुणा सम्पत्ति छ । अब कसैले पागल भन्न सक्दैन । इन्जिनियर मान्छे भएर योगतिर किन लागेको भन्दैनन् । आज सबैले मलाई ठिक गरेछौ भन्छन् । त्यसैले धैर्य गर्नु पर्छ ।

    योग प्रति, आयुर्वेदप्रति, शिक्षा र संस्कार प्रति केही गर्ने सोच छ । १० वर्ष हो हामीले काम गर्ने त्यस पछि हामी भगवानको ध्यान गर्यो भक्ति गर्यो बस्यो हाम्रो यो इच्छा छ ।

    बुबा को एक रोपनी जग्गा थियो । हामी तीन भाइमा बाढ्दा पाँच पाँच आना भयो । सालिक राम नाम हजार जनाको छ । कागजको लालपुर्जामा सालिक राम लेख्दैमा के हुन्छ मैले मरेर लाने त होइन र लानु पनि छैन । त्यस कारण यो सब सम्पत्ति ट्रस्टको नाममा गरे । त्यसको लागि गुरु प्रति विश्वास र भगवानप्रति आश्था राखेें । म यहाँ छु ।

    यदी सरकारले सहयोग गर्ने हो भने हामी नेपालमा २-४ हजार करोड लगानी लगाउँथ्यौ । तर लगानी ल्याउन सरकारको हदबन्दीको कारण हामीलाई रोकिएको छ ।

    योग प्रति, आयुर्वेदप्रति, शिक्षा र संस्कार प्रति केही गर्ने सोच छ । १० वर्ष हो हामीले काम गर्ने त्यस पछि हामी भगवानको ध्यान गर्यो भक्ति गर्यो बस्यो हाम्रो यो इच्छा छ । पीठलाई जिम्मेवारी दियो । हाम्रो यो महान् कार्यमा सरकारको ध्यान नै छैन । हामीलाई त सरकारले कुनै कार्यक्रममा नआइदिए हुन्थ्यो जस्तो गरिरहेको छ ।


    क्याटेगोरी : Interview

    प्रतिक्रिया दिनुहोस