• Punjibad
  • बुधबार पनि सुनचाँदीको मूल्य घट्याे


    साताको चौथो दिन बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि बुधबार ५ रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सुनको मूल्य सोमबार र मंगलबार पनि घटेको थियो भने चाँदीको मूल्य मंगलबार घटेको थियो ।


    क्याटेगोरी : CommodityMarket

    प्रतिक्रिया दिनुहोस