• Punjibad
  • युएई र टर्कीबाट एक वर्षमा साढे ३५ अर्बभन्दा बढीको सुन नेपाल भित्रियो 


    काठमाडौं, ९ 

    युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट नेपालमा एक वर्षको अवधिमा साढे ३५ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ । 

    भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ अर्थात २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपालले आयात गरेको हो । 

    सो अवधिमा युएई र टर्कीबाट नेपालमा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार रुपैयाँको सुन आएको विभागले जनाएको छ । 

    उक्त मुल्यमा नेपालमा ५ हजार ५३ केजी सुन भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । 

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४.५ केजी सुन भित्रिएको थियो । 


    क्याटेगोरी : CommodityMarket

    प्रतिक्रिया दिनुहोस