• Punjibad
  • अपर तामाकोसीले १० अर्ब ५९ करोडको हकप्रद सेयर निष्कासन गर्ने


    काठमाडौं, ३२ असार

    राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बिहीबार (असार ३० गते) बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन  गर्ने निर्णय गरेको हो । 

    बैठकले यो प्रस्ताव स्वीकृतीका लागि १४औं वार्षिक साधारणसभामा पेस गर्ने निर्णयसमेत गरेको छ । हाल अपर तामाकोसीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । हकप्रद सेयरपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस