• Punjibad
  • तराईका बजारमा हरियो पहिरन किन्नेकाे चहलपहल


    सुधा देव
    सप्तरी, २ साउन

    सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाकी ४३ वर्षीया रूबी झा आइतबार राजविराज बजारमा हरियो साडी किन्दै थिइन् । उनी परिवारका अन्य सदस्यहरूसँगै किनमेलमा व्यस्त थिइन ।

    उनका अनुसार हरेक वर्ष साउनभर हरियाे पहेँलाे लगाउँदा मनमा सान्ति मिल्छ । छरछिमेकका साथीहरूले पनि हरियाे पहिरन लगाउने हुँदा आफूले पनि साउन महिना भरिनै हरियो पहिरनमा सजिन गरेकाे बताइन ।

    साउनकाे पहिलाे दिनदेखि नै तराईका साना ठूला बजारमा हरियाे, पहेँलाे पहिरन किन्ने किशाेरी र महिलाहरूकाे चहलपहल बढेकाे छ । झाले पनि घरपरिवारका सबै महिलाका लागि हरियो चुरा, पोते, टीका किनेकाे बताइन ।

    सप्तरी राजविराज नगरपालिका-७ की २० वर्षीया पार्वती यादवले पनि हरियो चुरा र टीका किनिन् । साउन लागि सक्यो । सम्झना भएदेखि प्रत्येक वर्ष साउनको सुरूवातसँगै हरियो पहिरन लगाउँदै आएको र यसपालि पनि किनेर ल्याएको उनले बताइन् ।

    राजविराज नगरपालिका-१ की ४६ वर्षीया हेमलता चौधरीले पनि १ साउनबाटै हरियो चुरा, टीका र पोते लगाउन थालेकी छिन् । उनले भनिन् ‘किन लगाउँछु भन्दा पनि सबैले लगाउने हुँदा आफूले पनि लगाउने गरेकी छु ।’

    सबैले लगाएपछि आफूले मात्र नलगाउँदा नरमाइलो लाग्ने गरेको उनको भनाइ छ । उनले भनिन्, ´साउन महिना भगवान शिवजीक‍ो प्रिय महिना हो । शिवजीलाई हरियो रंग मन पर्ने भएकोले चारैतिर हरियाली छाउने गरी हरियो पहिरन लगाएकी हुँ ।’


    क्याटेगोरी : Market, News

    प्रतिक्रिया दिनुहोस