शुक्रबार नेप्सेमा दोहोरो अंकको गिरावट
शुक्रबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से २७.२६ अंकले घटेर दुई हजार १७ दशमलब ४६ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
शुक्रबार कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.४१ प्रतिशतले बढेर प्रतिकित्ता ९४९.१० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज २१ करोड भन्दा बढीको कारोबार भएको छ ।
क्याटेगोरी : Breaking News, Share Market






















प्रतिक्रिया दिनुहोस