नेप्से परिसूचकमा ४४ अंककाे गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को उकालो यात्रामा ब्रेक लागेको छ । गत साताको शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि लगातार दोस्रो दिन उच्च अंकले बढेको नेप्से परिसूचक आज ४४ अंकले घटेको हो ।
आइतबार नेप्सेमा ६१ अंकको र सोमबार ५४ अंकको सुधार आएको थियो । यससँगै, २१ सय ३२ अंकमा पुगेको नेप्से परिसूचक घटेर २ हजार ८८ अंकमा आइपुगेको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको तेस्रो दिनमा आज नेप्से २.१० प्रतिशतले घटेको हो ।
क्याटेगोरी : News, Share Market






















प्रतिक्रिया दिनुहोस