• Punjibad
  • सुनको मूल्य बढ्याे


    काठमाडौं, १६ साउन 

    नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    साेमबार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    आज चाँदी तोलाकाे १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


    क्याटेगोरी : Market, CommodityMarket, News

    प्रतिक्रिया दिनुहोस