• Punjibad
  • नेप्से परिसूचक ३८.६१ अंकले घट्याे


    आज नेप्से परिसूचक ३८.६१ अंकले घटेको छ। यस दिन नेप्से परिसूचक १.७७ प्रतिशतले घटेर २१४८.१६ बिन्दुमा पुगेर बन्द भएको हो।

    बिहीबार कारोबारमा आएका २१५ वटा धितोपत्र तथा ऋणपत्रको ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

    छोटो समयमा नै बजार राम्ररी नै बढेपछि बजारबाट धमाधम नाफा बुक भइरहेको छ। नाफा बुक लगानीकर्ता सक्रिय भएपछि बजार आज तेस्रो दिनपनि नेप्से घटेको छ। कमाएकाले नाफा बुक गर्न थालेपछि नयाँ लगानीकर्ता पनि ‘पर्ख र हेर’ को अवस्थामा रहेको बुझिन्छ।

    बुधबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस