सोमबार नेप्से दोहोरो अंकले घट्याे
साताको दोस्रो दिन आज सोमबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १७.६७ अंकले घटेर दुई हजार एक सय ६ दशमलब १६ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से १०.२७ अंकले बढेर दुई हजार एक सय २३ दशमलब ८२ विन्दुमा बन्द भएको थियाे ।
त्यस्तै, शेयरबजार घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा आज नेप्सेमा दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ५० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च भएको हो ।
क्याटेगोरी : News, Share Market






















प्रतिक्रिया दिनुहोस