• Punjibad
  • सुनचाँदीको मूल्य घट्यो


    काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    क्याटेगोरी : Market, CommodityMarket, News

    प्रतिक्रिया दिनुहोस