नेप्से परिसूचक ३.७६ अंकले बढेको छ।
नेप्से ०.१९ प्रतिशतले बढेर १९९३.०२ बिन्दुमा पुगेर बन्द भएको छ।यस दिन २२२ वटा धितोपत्रको १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको कारोबार भएको छ।नेप्से परिसूचक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। आइतबार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको थियो।सोमबार विन नेपाल लघुविको सेयर मूल्य सर्वाधिक ७.७८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४९ रुपैयाँ कायम भएको छ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस