शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार आज दोहोराे अंकले घटेको छ । आज नेप्से २१.९७ अंकले घटेर एक हजार ९ सय ७३ दशमलब ३८ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से २.१९ अंकले बढेर एक हजार ९ सय ९५ दशमलब २१ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयरबजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज नेप्सेमा एक अर्ब १२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस