घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य बिहीबार ३० रुपैयाँले घटेर १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार सुन ८ सय र चाँदी १५ रुपैयाले घटेको थियो ।
क्याटेगोरी : Market, CommodityMarket, News






















प्रतिक्रिया दिनुहोस