नेप्से सूचक ११.४६ अंकले घट्यो
काठमाडौँ, २६ भदौ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११.४६ अंकले घटेर १९२६.२८ अंकमा झर्दा कारोबार रकम भने ७४ करोड ७२ लाख रुपैयाँमा खुम्चिन पुगेको छ ।आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो । आज अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस