• Punjibad
  • प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से


    काठमाडौं, २८ भदौ । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ । सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा पुगेको छ । 

    मंगलबार प्रि-ओपन सेसनमा ८ स्टकको १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको १८० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस