• Punjibad
  • दोहोरो अंकले बढ्यो नेप्से


    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार आज दोहोरो अंकले बढेको छ । आज नेप्से ४७.४४ अंकले बढेर एक हजार ९ सय ८१ दशमलब ४८ विन्दुमा बन्द भएको  छ । मंगलबार नेप्से २१.३० अंकले बढेर एक हजार ९ सय ३४ दशमलब ४ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयरबजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा १ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ९२ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको थियो । 


    क्याटेगोरी : Market, Share Market

    प्रतिक्रिया दिनुहोस