• Punjibad
  • नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट


    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो लागेर एक हजार नौ सय १० दशमलव ३८ मा सीमित भएको छ ।

    यस्तै, ठूल कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७१ दशमलव ९० मा सीमित भएको छ । कूल दुई सय २० कम्पनीको २९ लाख १६ हजार दुई सय ७१ कित्ता शेयर रु ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ मूल्यमा खरिद बिक्री भए ।

    नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर मूल्य शून्य दशमलव शून्य एक अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ छ दशमलव ८७, व्यापार छ दशमलव शून्य दुई, होटल तथा पर्यटन १९ दशमलव तीन, विकास बैंक ४४ दशमलव शून्य एक, जलविद्युत् २५ दशमलव २४, वित्त २२ दशमलव ४१, निर्जीवन बीमा २७ दशमलव ३५, उत्पादन ५५ दशमलव ८९, अन्य चार दशमलव शून्य छ, लघुवित्त ४३ दशमलव ८६, जीवन बीमा २२ दशमलव २६ र लगानी शून्य दशमलव ७६ अङ्कले ओरालो लाग्यो ।


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस