• Punjibad
  • नेप्सेमा दोहोरो अंकको सुधार


    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको सुधार देखिएको छ । साताको कारोबारको सुरुवातदेखि नै निरन्तर गिरावट भइरहेको नेप्से बुधबार भने दोहोरो अंकले बढेको हो । आज नेप्से ११.२२ अंकले बढेर एक हजार ८ सय ४८ दशमलब ८२ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा ७२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

    आज कारोबार भएका कम्पनीमध्ये १४२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेको हो ।  नेप्सेका अनुसार वीन नेपाल लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड र राप्ती हाइड्रोको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको  भएको छ । यसको आज ३ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।                           


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस