सेयर बजारमा गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.८३ अंकले घटेको छ । कारोबार सुरू भएको समयमा केही बढेर १८ सय ५५ अंकसम्म पुगेको नेप्से परिसूचक त्यसयता निरन्तर घटेर १८ सय ३८ अंकमा आएर रोकिएको हो ।०.५३ प्रतिशतले परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । आज २५ लाख ४२ हजार कित्ता सेयर किनबेच भएर ६५ करोड ५७ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जुन, हिजो बुधबारको तुलनामा ७ करोडले कम हो । हिजो नेप्से परिसूचक ११ अंकले बढेको दिन ७२ करोड रुपैयाँको कारोबार भएको थियो ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस