आज सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज ४ सय रूपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल आज ९१ हजार ४ सय रूपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि आज घटेकाे छ । आज चाँदीको मूल्य १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
क्याटेगोरी : Market, CommodityMarket, News






















प्रतिक्रिया दिनुहोस