नेप्सेमा ४ अंकको सुधार
बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढ्दै १८६६ विन्दुमा अडिएको नेप्सेमा बिहीबार थप ४ अंकले बढ्दै १८७०.६३ विन्दुमा उक्लिएको हो ४ अंकले मात्र बढेको बजारमा आज कारोबार रकममा समेत अघिल्लो दिनको तुलनामा केही सुधार आएको छ । यस दिन ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा जम्मा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस