• Punjibad
  • सुनचाँदीको मुल्य घट्यो


    साताको पहिलो कारोबारदिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार रुपियाँले घटेर ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ कायम रहेको छ।

    यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २५ रुपियाँले घटेर प्रतितोला एक हजार एक सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    क्याटेगोरी : Market, CommodityMarket, News

    प्रतिक्रिया दिनुहोस