• Punjibad
  • नेप्सेमा सामान्य अंकको गिरावट


    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकले घटेको छ । आज नेप्से २.६१ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ३३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा ५१ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।   

    आज कारोबार भएका कम्पनीमध्ये ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।                       


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस