• Punjibad
  • सुनचाँदीको मूल्य कति पुग्याे?


    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ स्थिर रहेको जानकारी दिएको हो ।

    हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो । आज सोमबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

    तिहार अघिदेखि सुनचाँदीको कारोबार बन्द भएको थियो । जुन, हिजो आइतबार तोलामा १ हजार रुपैयाँले घटेर कारोबारमा आएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । जसअनुसार, आज चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ ।


    क्याटेगोरी : Market, News

    प्रतिक्रिया दिनुहोस