आज घट्यो सुन–चाँदीको मूल्य
नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ।
सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो।
आइतबार सुन तथा चाँदीको मूल्य स्थिर रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला १२ सय रुपैयाँ ९५ मा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा १० रुपैयाँ घटेको छ।
क्याटेगोरी : Market, CommodityMarket, News






















प्रतिक्रिया दिनुहोस