• Punjibad
  • ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रदमा बुक क्लोज मिति तय 


    काठमाडौं, १२ असार

    ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि २० असारमा बुक क्लोज गर्ने भएको छ । १९ असारसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

    कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

    ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो ।


    यो हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस