• Punjibad
  • सुनको मूल्य घट्यो 



    काठमाडौं, १६ असार

    नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । 

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको छ । बिहीबार चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ ।
     


    क्याटेगोरी : Market, CommodityMarket, News

    प्रतिक्रिया दिनुहोस