• Punjibad
  • जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा


    काठमाडौं, १६ असार

    जनउत्थान सामुदायिक लघुवित्तले २५ प्रतिशत बोनस सेयर सम्बन्धित् सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले २० पुससम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । 

    तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । 

    जनउत्थानको गत ३० पुसमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि सहित १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस