बुधवारकाे माैसमः कुन कुन स्थानमा वर्षा हाेला?
२०७९ साउन ११ गते (बुधवार) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिममा सरदर (normal position) स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थान (normal position) को आसपासमा रहेको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बुधवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधवार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : Currentnews






















प्रतिक्रिया दिनुहोस