• Punjibad
  • पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घट्यो


    काठमाडौं, ११ असार

    सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिमय पदार्थको मूल्य घटाउने निर्याय गरेको हो । 

    मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मत्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपुर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताए । उनले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए । सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए । अब पेट्रोल एक लिटरको १७९ र
    डिजेल १६३ रुपैयाँ पुगेको छ। कुनमा कति शिर्षक कति कर घटाइएको भन्नेमा मन्त्री बडुले बताएनन् ।  


    क्याटेगोरी : Currentnews, News

    प्रतिक्रिया दिनुहोस