• Punjibad
  • बुधबारको विदेशी मुद्राको विनिमय दर


    नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय साठी रुपैयाँ र बिक्री दर एक सय साठी रुपैयाँ १५ पैसा रहेको छ ।

    अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ४८ पैसा र बिक्री दर १२५ रुपैयाँ ०८ पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५६ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ २२ पैसा र बिक्री दर १५० रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ १० पैसा र बिक्री दर ३४ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    क्याटेगोरी : Current News, Market

    प्रतिक्रिया दिनुहोस