• Punjibad
  • सोमवार कुन कुन स्थानमा पानी पर्ला?


    २०७९ साउन ९ गते (सोमवार)हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर (normal position)  स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ।

    हाल देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    सोमवार दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सोमवार राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


    क्याटेगोरी : Lifestyle

    प्रतिक्रिया दिनुहोस