• Punjibad
  • बिहीवारकाे माैसमः यी स्थानमा भारी वर्षा हुने


    २०७९ श्रावण १२ गते (बिहीबार) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिममा सरदर (normal position)  स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थान (normal position) को  आसपासमा रहेको छ ।

    हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    बिहीवार दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    बिहीवार राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


    क्याटेगोरी : Lifestyle

    प्रतिक्रिया दिनुहोस