• Punjibad
  • नाडा ईभी एक्स्पोको स्टल बुकिङ खुला


    काठमाडौं, २ भदौ

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको नाडा ईभी एक्स्पो–२०२२ का लागि बुधबारबाट स्टल बुकिङ खुला गरिएको छ । 

    एक्स्पो आगामी ६ देखि ९ असोजसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ । 

    एक्स्पोका लागि ५ भदौसम्मका लागि स्टल बुकिङ गर्न सकिने नाडा ईभी एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

    नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सम्बन्धित सबैलाई उक्त एक्स्पोमा आवश्यक सहयोगका लागि आग्रहसमेत गरे ।


    क्याटेगोरी : Market, Trade

    प्रतिक्रिया दिनुहोस