‘चेम्बर एक्स्पो २०२२’ भृकुटीमण्डपमा शुरु
नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गरेका हुन् ।
पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताएका छन् । स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरे ।
नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ पछिको असहज परिस्थितीकाबीच चेम्बर एक्स्पो गरिएको बताए । मुलुकको आर्थिक गतिविधीलाई चलायमान बनाउन पनि एक्स्पोले महत्वपुर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मल्लको भनाई छ ।
मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिवुटी जन्य बस्तुहरु, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ ।
मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरि १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् ।
क्याटेगोरी : Market






















प्रतिक्रिया दिनुहोस