• Punjibad
  • मेरो सेयर एप अब आईओएसमा पनि  


    काठमाडौं, २५ असार 

    केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सञ्चालनमा ल्याएको मेरो सेयर एप अब आईओएसमा पनि उपलब्ध हुने भएको छ ।

    सिडिएससीले आउने नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएसमार्फत उक्त एप उपलब्ध गराउने बताएको छ ।

    यसअघि नै सिडिएससीले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उक्त एप सञ्चालनमा ल्याएको थियो । तर एप्पलका प्रयोगकर्ताले भने उक्त एप डाउनलोड गर्नबाट वञ्चित हुँदै आएका थिए । त्यसलाई मध्यनजर गर्दै सिडिएससीले एप्पलका प्रयोगकर्ताका लागि पनि उक्त एप उपलब्ध गराउन लागेको जनाएको छ ।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस